काठमाडौं । रसुवामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार आचार्यले ५ हजार १ सय ३० मत प्राप्त गरेका छन् ।
यता दोस्रोमा राष्ट्रिय स्वतन् त्र पार्टी (रास्वपा) का उम्मेदवार बसन्त भट्टले ठूलो मतको अन्तरसहित पछ्याइरहेका छन् । भट्टले २ हजार ८ सय ६ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेकपा एमालेका उम्मेदवार प्रेम तामाङले १ हजार ९ सय ८२ मत प्राप्त गरेका छन् । रसुवामा आचार्यले सुरुवातबाटै अग्रता कायम गरिरहेका छन् । हालसम्म त्यहाँ ११ हजार ७ सय ४२ मतको गणना भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया