काठमाडौं । अछामका दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी पछाडि परेको छ ।
अछामको क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टीका भीम रावल ९५२ मत ल्याई अगाडि रहेका छन् भने उनलाई नेपाली कांग्रेसका भरतकुमार स्वारले ७३२ मतसहित पछ्याएका छन् ।
यस स्थानमा एमालेका दीपक बहादुर साउद ७१३ मतका साथ तेस्रो स्थानमा रहँदा रास्वपाका ओमप्रकाश रावल १०७ मत पाएर चौथो स्थानमा रहेका छन् ।
त्यसै गरी अछाम क्षेत्र नम्बर २ मा एमालेका यज्ञ बहादुर बोगटी अग्र स्थानमा रहेका छन् । बोगटीले ७२६ मत ल्याउँदा नेपाली कांग्रेसका पुष्प बहादुर शाह ४३३ मत ल्याई दोस्रो स्थानमा रहेका छन् ।
बालेन शाहका विश्वासपात्र भूपदेव शाह ३५५ मतसहित तेस्रो स्थानमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया