प्यूठानमा कांग्रेसका गोविन्द पोखरेलले लिए अग्रता

लोकपथ
336
Shares

प्यूठान । एक निर्वाचन क्षेत्र भएको प्यूठानमा रास्वपालाई पछि पार्दै कांग्रेसले अग्रता लिएको छ । साँझ ६ बजेसम्मको गणना अनुसार प्यूठानमा कांग्रेस गोविन्दराज पोखरेल ३,३५१ मतका साथ अगाडि रहेका छन् ।

दोस्रो स्थानमा रास्वपाका सुशान्त वैदिकले पछ्याइरहेका छन् । वैदिकको मत २,६२५ रहेको छ ।

यसअघि वैदिकले अग्रता बनाएका थिए ।

यता नेकपा एमालेका युवा नेता सूर्य बहादुर थापा क्षेत्री १,०३० मत ल्याएर तेस्रो स्थानमा उक्लिएका छन् ।

यसअघि उनी चौथो स्थानमा रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?