इलमामा सुहाङ नेम्वाङलाई पछाडि पार्दै श्रम संस्कृति पार्टीको अग्रता

लोकपथ
756
Shares
फाइल तस्बिर

काठमाडौं । इलाम क्षेत्र–२ मा नेकपा एमालेलाई पछि पार्दै श्रम संस्कृति पार्टीले अग्रता कायम गरेको छ ।

पछिल्ला मतपरिणम अनुसार चुलाचुली गाउँपालिका ४, ५ र ६ का मतपरिणाम आएपछि श्रम संस्कृति पार्टीले आफ्नो अग्रता १४४ मतले बढाएको छ ।

हाल श्रम संस्कृति पार्टीका सुदिप राई १५०४ मतसहित पहिलो स्थानमा छन् भने एमालेका सुहाङ नेम्वाङ १३६० मतसहित दोस्रो स्थानमा रहेका छन् ।

त्यस्तै, रास्वपाका गोकुल राई ४२० मतसहित तेस्रो स्थानमा रहेका छन् भने कांग्रेसका भेषराज आचार्य ६३३ मतसहित चौथो स्थानमा छन् । नेकपाका ओम गुरूङले १३८ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?