काठमाडौं । दार्चुलामा प्रतिनिधि सभा निर्वाचनको मतगणना आज बेलुकी ७ बजेदेखि सुरु हुने भएको छ ।
जिल्लामा सर्वदलीय बैठक सम्पन्न भएसँगै मतगणनाका लागि सम्पूर्ण तयारी पूरा भइसकेको जनाइएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाभर कुल ४९,९६८ मत खसेको छ ।
मतगणना सुरु हुनासाथ आजै रातिदेखि प्रारम्भिक नतिजा सार्वजनिक हुने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया