सर्लाही ४ : गगन थापा अमरेश सिंहभन्दा ११३३ मतले पछाडि

लोकपथ
224
Shares

काठमाडौं । सर्लाही ४ निर्वाचन क्षेत्रमा स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा.अमरेश कुमार सिंहले अग्रता कायम राखेका छन् ।

पछिल्लो मतगणना अनुसार सिंहले २,८४७ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका सभापति गगन थापाले १,७१४ मतसहित दोस्रो स्थानमा छन् ।

सिंहसँग थापाको मतको अन्तर १,१३३ रहेको छ ।

तेस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार अमनिश यादव छन्, जसले ४१० मत प्राप्त गरेका छन् । चौथोमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रहेका छन् जसले १२८ मत प्राप्त गरेका छन् ।

अघिल्लो अपडेट अनुसार थापा ४७१ मतले पछि थिएस त्यसबेला सिंहले १,२३९ मत प्राप्त गरेका थिए भने थापाले ७६८ मत पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?