विराटनगर । सुनसरी निर्वाचन क्षेत्र–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दीपक साहले सुरुवाती अग्रता लिएका छन् । हालसम्म प्राप्त मत अनुसार साहले ९४ मत पाएका छन् ।
उनलाई पछ्याउँदै नेपाली कांग्रेसका ज्ञानेन्द्र कार्कीले ६७ मत पाएका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का महफुज अन्सारीले ६१ र नेकपा एमालेका जगदिश कुसियतले ३६ मत पाएका छन् ।
मतगणना जारी रहेकाले स्थिति अझ स्पष्ट हुने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया