नागरिकको लागि सरकार छ भन्ने जिम्मेवारी महसुस गराउँछौँ : उपसभापति अर्याल 

लोकपथ
119
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले नागरिकको लागि सरकार छ भन्ने अनुभूति गराउने जिम्मेवारी रास्वपामा आइरहेको प्रतिक्रिया  दिएका छन् । 

पार्टीकी काठमाडौं–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित उम्मेदवार रञ्जु न्यौपानेलाई बधाई ज्ञापन गर्दै उनले यस्तो प्रतिक्रिया  दिएका  हुन् । 

प्रारम्भिक मतगणनामा रास्वपाको पक्षमा लहर आएको भन्दै उनले अब मुलुकमा भ्रष्टाचारको अन्त्य गर्दै समृद्धि ल्याउनुपर्ने जिम्मेवारी समेत रास्वपाको काँधमा आइसकेको प्रतिक्रिया दिए  । 

उनले भने, ‘हामी सबै जना मिलेर यो देशमा समृद्धि ल्याउनुपर्नेछ, सुशासन कायम गर्नुपर्नेछ । भ्रष्टाचार अन्त्य गर्नुपर्नेछ । जनतालाई डेलिभरी र डेभलपमेन्टको महसुस गराउनुपर्नेछ र जनतालाई मेरो लागि सरकार छ भन्ने अनुभूति गराउने जिम्मेवारी रास्वपामा आउँदै गरेको छ । साथ र सहयोगको लागि सबै मतदातामा धेरै धेरै धन्यावाद ।’

उनले देशभरका मतदातामा धन्यावाद समेत ज्ञापन गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?