२०७८,श्रावण,११,सोमवार

चार महिनापछि रानीपोखरी निर्माणको काम सुरु

२०७४,कार्तिक,२३,बिहीवार १५:०७


काठमाडौँ, २३ कात्तिक – चार महिनादेखि रोकिएको रानीपोखरी निर्माणको काम पुनः सुरु भएको छ लामो समयदेखि काम हुन नसकेपछि गत मंगलबार कामपाका कार्यकारी अधिकृत धनीराम शर्माले निर्माण कम्पनीलाई ऐतिहासिक रानीपोखरीको पुनःनिर्माण छिटो गर्न निर्देशन दिएका थिए । सम्झैतानुसार गत असार मसान्तसम्ममै पहिलो चरणको काम सक्नुपर्ने थियो । निर्धारित समय सकिसक्दा पनि पुनःनिर्माणको कामले गति लिन नसकेकाले कामपाले निर्देशन दिएको हो निर्माणका लागि जिम्मा पाएको वल्र्ड वाइड कँडेल केएन केजी जेभीका निर्देशक अर्जुन कँडेल कामपाकै कारण निर्माण ढिला भएको बताए । निर्माण कम्पनीले कामपाले डिजाइन नदिएको भन्दै काम रोकेको बताउँदै आएको छ । अबको तीन महिनामा आफ्नो जिम्मामा रहेको सबै काम सक्ने कँडेलले प्रतिबद्धता व्यक्त गरे रानीपोखरी पुनःनिर्माणको जिम्मा कामपालाई दिइए पनि बालगोपालेश्वर मन्दिर पुनःनिर्माण नियमविपरीत रहेको भन्दै पुरातत्व विभागले २०७३ भदौमै रोक लगाउँदै आफँैले निर्माण गर्ने जनाए पनि हालसम्म मन्दिरको पुनःनिर्माणको काम हुन सकेको छैन उक्त मन्दिर वर्षमा एक दिन भाइटीकाको दिन मात्र खुल्छ । मन्दिरमा टीका लगाउन दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जाने गर्छन् चार सय वर्ष पुरानो ऐतिहासिक महत्व बोकेको रानीपोखरी प्रताप मल्लका कान्छा छोरा चक्रवर्तेन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन निर्माण गरिएको भनाइ छ । विसं १७२५ देखि १७२७ सम्म दुई वर्ष लगाएर बनाइएको ‘विष्णुतीर्थ’ को दक्षिण कुनामा हात्तीमाथि चढेका प्रताप मल्ल र उनका छोराहरूसहितको सेतो मूर्ति तथा अन्य कुनामा गणेशलगायतका मूर्ति छन् ।

प्रकाशित मिति: २०७४,कार्तिक,२३,बिहीवार १५:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार

एमाले विभाजन हुँदैन : रघुवीर महासेठ
 २०७८,श्रावण,११,सोमवार २०:५२