चितवन-३ अपडेट : सोविता गौतम रेनु दाहालभन्दा ४ हजार ६ सय मतले अघि

लोकपथ
126
Shares

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोविता गौतमले अग्रता फराकिलो बनाएकी छन् । पछिल्लो मतपरिणामअनुसार उनी नेकपाकी रेनु दाहालभन्दा साढे चार हजारभन्दा बढी मतले अघि छिन् ।

हालसम्म १९ हजार ४५ मत गणना हुँदा गौतमले ९ हजार ८ सय ७९ मत प्राप्त गरेकी छन् । उनकी प्रतिस्पर्धी दाहालले ५ हजार २ सय ५६ मत ल्याएकी छन् । यससँगै गौतमले दाहालमाथि ४ हजार ६ सय २३ मतको अग्रता बनाएकी छन् ।

अन्य उम्मेदवार भने निकै पछाडि छन् । एमालेका शंकर थपलियाले १ हजार ४ सय ६५ मत ल्याएका छन् भने नेपाली कांग्रेसका टेकबहादुर गुरुङले १ हजार २२ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?