सर्लाही–४ मा अमरेशको अग्रता कायमै

लोकपथ
1.3k
Shares

काठमाडौं । सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ को दोस्रो अपडेटअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहले अग्रता कायमै राखेका छन् ।

मतगणनाअनुसार रास्वपाको घण्टी चुनाव चिन्हमा १ हजार २३९ मत आएको छ भने कांग्रेसको रुख चिन्हमा ७६८ मत परेको छ ।

यसैगरी, जनमत पार्टीको हर्न चिन्हमा २५० मत प्राप्त भएको छ भने नेकपा (एमाले) ले १९९ मत पाएको छ। अन्य उम्मेदवारहरूको मत संख्या न्यून रहेको छ । नेकपा उम्मेदवारले भने हालसम्म १८ मत मात्र प्राप्त गरेका छन् ।

मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?