हर्क साम्पाङको क्षेत्रमा मतगणना सुरु

लोकपथ
266
Shares

काठमाडौं । सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ मा मतगणना सुरु भएको छ । यस क्षेत्रमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहित विभिन्न दलका उम्मेदवार चुनावी मैदानमा छन् ।

धरान–८ स्थित सभागृहमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको थियो । तर राजनीतिक दल तथा उम्मेदवारका प्रतिनिधिहरूका लागि परिचयपत्र तयार पार्न ढिलाइ भएपछि मतगणना केही समयपछि मात्रै सुरु गरिएको हो ।

पहिलो चरणमा धरान–१ का दुई वटा मतपेटिका खोलिएको छ । सर्वदलीय सहमतिअनुसार अब प्रत्येक दुई घण्टामा मतगणनाको परिणाम सार्वजनिक गरिनेछ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार सुनसरी–१ मा कुल १ लाख ५० हजार ३९३ मतदाता रहेका थिए । तीमध्ये ८८ हजार ३७२ मत खसेको छ। खसेको मतमध्ये ४७ हजार ९०८ महिला र ४० हजार ४६४ पुरुष मतदाताले मतदान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?