धादिङ १ मा आशिका अगाडि, राजेन्द्र पाण्डे चौथो स्थानमा

लोकपथ
231
Shares

धादिङ । धादिङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी आशिका तामाङले अग्रता कायम नै राखेकी छिन् ।

तामाङले ४३७५ मत ल्याएर अग्रता कायम राख्दा उनलाई नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीले पछ्याइरहेका छन् । त्रिपाठीको २०९४ मत आएको छ ।

यता तेस्रो स्थानमा कांग्रेसका कृष्ण रिजाल रहेका छन् । रिजालको ११८६ मत आएको छ ।

पूर्वसांसद समेत रहेका नेकपाका राजेन्द्रप्रसाद पाण्डे ११२४ मतका साथ चौथो स्थानमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?