काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार इन्जिनियर वीरेन्द्र श्रेष्ठले मतगणनामा धाँधली भएको आरोप लगाउँदै उजुरी दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार श्रेष्ठले ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिङतेपस्थित मतदान केन्द्रमा अस्वाभाविक रूपमा धेरै मतदान भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन् ।
रास्वपाका अनुसार देशभर औसत ५१ प्रतिशत मतदान भएको अवस्थामा लिङतेप केन्द्रमा मात्रै ८८ प्रतिशत मत खस्नु शंकास्पद देखिएको छ ।
उम्मेदवार श्रेष्ठले दिएको उजुरीमा मृत्यु भइसकेका, वैदेशिक रोजगारीमा रहेका तथा हाल सो स्थानमा बसोबास नगर्ने व्यक्तिहरूको नाममा समेत ३७ प्रतिशतभन्दा बढी फर्जी मत खसालिएको दाबी गरिएको छ ।
यस विषयमा निष्पक्ष छानबिन नभएसम्म ताप्लेजुङको मतगणनामा आफ्नो पार्टी सहभागी नहुने अडान रास्वपाले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया