काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४२ सय रुपैयाँले घटेको हो
बुधबार ३ लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४२ सयले घटेर ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी ९५ रुपैयाँले घटेको हो । अघिल्लो कारोबारका दिन ५ हजार ५ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज ९५ रुपैयाँले घटेर ५ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया