अब स्वतन्त्र नागरिकको हैसियतमा समाजसेवामा अग्रसर हुनेछु : वीरेन्द्र बहादुर बस्नेत

लोकपथ
133
Shares

काठमाडौं । बुद्ध एयरका सञ्चालक एवं गतिशील लोकतान्त्रिक पार्टीका संस्थापक वीरेन्द्र बहादुर बस्नेतले आफू स्वतन्त्र नागरिकको हैसियतमा रहन घोषणा गरेका छन् ।

बिहीबार सम्पन्न निर्वाचनको मत परिणाम सार्वजनिक भइरहँदा बस्नेतले विज्ञप्ति जारी गर्दै आफू स्वतन्त्र र समाजसेवी अभियान चलाएर अघि बढ्ने बताए ।

त्यस्तै पार्टीमा लागेका अन्य नेता कार्यकर्ताहरुलाई पार्टीका शिद्धान्त र मूल्य मान्यताहरुमा अडिग रहन समेत आग्रह गरे ।

‘गतिशील लोकतान्त्रिक पार्टीलाई आफ्नो सिद्धान्त, मूल्यमान्यता र एजेण्डाप्रति प्रतिवद्ध रहन म शुभकामना व्यक्त गर्दछु । साथसाथै अन्य सबै लोकतान्त्रिक राजनीतिक दलहरुलाई पनि मेरो हार्दिक शुभकामना,’ उनले भनेका छन्, ‘अब म एक स्वतन्त्र, जिम्मेवार नागरिकका रुपमा समाजसेवी अभियानमार्फत् मातृभूमिको सेवामा समर्पित रहने छु । यस यात्रामा सदाझैं साथ, सहयोग र विश्वास पाउने आशासहित सबै आम नागरिकप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’

यसैगरी भदौ २३ र २४ को जेनजी आन्दोलनपछि भएको निर्वाचनले आफूहरुले सोचेको भन्दा फरक परिणाम आएको भन्दै त्यसलाई स्वीकार गरेर अघि बढ्ने समेत उनले बताए ।

बस्नेतको अगुवाईमा गतिशील लोकतान्त्रिक पार्टी स्थापना भएको थियो । उक्त पार्टीले देशका केही क्षेत्रबाट मात्रै उम्मेदवारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?