काठमाडौं । काठमाडौंको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रन्जु दर्शनाको जीत सुनिश्चित भएको छ ।
२३ हजार २२७ मत गणना हुँदा दर्शनाले १२ हजार ७८ मत ल्याएकी हुन् ।
उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रबल थापाले ५ हजार २१६ मत ल्याएका छन् । करिब २९ हजार मत खसेको यो क्षेत्रमा मत गन्न अब करिब ५ हजार मात्रै बाँकी रहेको छ ।
गन्न बाँकी रहेको मत रन्जुको अग्रता भन्दा कम रहेकोले उनको जीत सुनिश्चित गरेकी हुन् ।
अन्य प्रतिस्पर्धीहरू काठमाडौं १ मा राप्रपाका रवीन्द्र मिश्र ३ हजार १८५ मत ल्याएका छन् । नेकपा एमालेका मोहनराज रेग्मीले ९८४ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया