काठमाडौं ३ मा राजु पाण्डेको अग्रता कायमै, पछ्याउँदै कुलमान

लोकपथ
294
Shares

काठमडौं । काठमाडौं क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डेले आफ्नो अग्रता कायमै राखेका छन् ।

बिहान ९ बजेसम्मको मतगणनामा पाण्डेले ४६४९ मत प्राप्त गरी अग्रता कायम गरेका छन् ।

पाण्डेलाई उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ३३४१ मत प्राप्त गरी पछ्याइरहेका छन् ।

कांग्रेसका रमेश अर्याल १४८१ मतका साथ तेस्रो स्थानमा रहँदा एमालेका रामेश्वर फुयाल ९४९ मत प्राप्त गरी चौथो स्थानमा पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?