भरतपुर । चितवन क्षेत्र नम्बर–२ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने फराकिलो मतान्तरसहित अग्रस्थानमा रहेका छन् ।
अहिलेसम्म ६ हजार ६ सय २३ मत गणना हुँदा लामिछानेले २ हजार ८ सय १ मत प्राप्त गर्दै अग्रता कायम गरेका हुन् ।
उनलाई पछ्याउँदै नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरे दोस्रो स्थानमा रहेका छन् । घिमिरेले हालसम्म १ हजार २ सय ५९ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका प्रताप गुरुङले १ हजार १ सय ५१ मत पाएका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार मिना खरेलले ९ सय १६ मत प्राप्त गरेकी छन् ।
मतगणना जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया