यूएईको दूतावासले नेपालीलाई भन्यो– ‘साइरन बज्ने बित्तिकै सुरक्षित स्थानमा जानु’

लोकपथ
0
Shares

काठमाडौं । इरान–इजरायलबिचको तनावले मध्यपूर्वमा तनाव बढेपछि युनाइटेड अरब इमिरेट्स (यूएई) मा रहेको नेपाली दूतावासले नेपालीहरुलाई सुरक्षित रहन निरन्तर सचेत गराउँदै आइरहेको छ ।

यूएईमा रहेको नेपाली दूतावासले त्यहाँको सरकारले अपनाएका सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।

त्यस्तै दूतावासले घटनास्थलको कुनै तस्बिर वा भिडियो नलिन समेत भनेको छ । त्यसो त यसअघि यूएई प्रहरीले घटनास्थलमा नजान, भिडियो तथा फोटो नलिन समेत भनेको थियो ।

युद्धको चपेटा भोगिरहेको यूएईमा खतरा साइरन बज्ने बित्तिकै सुरक्षित स्थानमा जान समेत भनेको छ ।

सूचनामा भनिएको छ– ‘अत्यन्त जरुरी सूचना । अहिलेको जटिल परिस्थितिमा संयुक्त अरब इमिरेट्समा रहनुभएका नेपाली नागरिकहरूलाई युएई सरकारले जारी गरेको सुरक्षा मापदण्डको पूर्ण रूपमा पालना गर्न, अत्यावश्यक बाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा रहन राजदूतावास सबैमा हार्दिक अनुरोध गर्दछ। साथै सुरक्षा साइरन बजेको समयमा फोटो भिडियो नलिन र घटनास्थलको बारेमा कुनै पनि तस्वीरहरु पोस्ट नगर्न अनुरोध गर्दै सुरक्षा सतर्कताको निम्ति साइरन बज्ने साथै तुरुन्तै सुरक्षित स्थानमा जान र खतरा नटरेसम्म सुरक्षित स्थानमा रहन हुन समेत अनुरोध छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?