धादिङमा ५० दशमलव २९ प्रतिशत मतदान

लोकपथ
28
Shares

धादिङ । धादिङमा ५० दशमलव २९ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका प्रारम्भिक रिपोर्टअनुसार कुल दुई लाख ७५ हजार दुई सय ८० मतदातामध्ये एक लाख ३८ हजार चार सय ४७ मत खसेको हो ।

जिल्लामा रहेको ११४ मतदानस्थलबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ल्याउन सुरु गरिएको छ । धादिङ निर्वाचन क्षेत्र नम्बर १ को गल्छी गाउँपालिकाको महेशदोभानमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा र धादिङ निर्वाचन क्षेत्र नम्बर २ को सदरमुकाम धादिङबेसीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका संकलन गरिने जिल्ला निर्वाचन कार्यालय धादिङका प्रमुख शिवबहादुर गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार क्षेत्र नम्बर १ को मतपेटिका आजै राति १२ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन हुने र क्षेत्र नम्बर २ को रुवीभ्याली गाउँपालिका, खनियाबास गाउँपालिका र गंगाजमुना गाउँपालिकाका मतदान केन्द्रहरुको मतपेटिका शुक्रबार दिउँसो मात्रै सदरमुकाम आइपुग्नेछ ।

सदरमुकाम आसपासका पालिकाहरुबाट भने मतपेटिका आजै मतगणनास्थलमा ल्याइने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?