विराटनगर । सुनसरीका चार वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा करिब ६४ प्रतिशत मतदान भएको छ। जिल्लामा रहेका कुल ५ लाख ८० हजार ९४५ मतदातामध्ये ३ लाख ६९ हजार ६ सय जना मतदानमा सहभागी भएका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार यो कुल मतदाताको करिब ६३ दशमलव ६ प्रतिशत हो ।
निर्वाचन क्षेत्र-१ मा १ लाख ५० हजार ३९३ मतदातामध्ये ८७ हजार ८६५ मत खसेको छ । त्यसै गरी निर्वाचन क्षेत्र-२ मा १ लाख ५८ हजार ९०१ मतदातामध्ये १ लाख १ हजार ४ मत खसेको छ।
त्यस्तै, निर्वाचन क्षेत्र-३ मा १ लाख ३४ हजार ३०२ मतदातामध्ये ९५ हजार १९५ मत खसेको छ भने निर्वाचन क्षेत्र-४ मा १ लाख ३७ हजार ३४० मतदातामध्ये ८५ हजार ५४६ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरीका चारै क्षेत्रमा मतदाताको उत्साहजनक सहभागिता देखिएको जनाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया