सफलतापूर्वक निर्वाचन सम्पन्न हुँदा मुलुकले निकास पायो : राष्ट्रपति पौडेल

लोकपथ
56
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिपूर्ण रूपमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएर मुलुकमा उत्पन्न जटिल परिस्थितिले निकास पाएको भन्दै सरकारलाई धन्यवाद दिएका छन् ।

राष्ट्रपति पौडेलले यो निर्वाचन सफल बनाउन सक्रिय सरकार, निर्वाचन आयोग, सुरक्षाकर्मी, राजनीतिक दल, आम मतदाता, राष्ट्रसेवक कर्मचारी र सम्बद्व सबै पक्षसहित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा धन्यवाद प्रकट गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

भदौ २३ र २४ को जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले फागुन २१ (आज) का लािग निर्वाचनको मिति तोकेको थियो । तर समयमा नै निर्वाचन सम्पन्न हुन नसक्ने विभिन्न अफवाहकाबिच सरकारले सफलतापूर्वक निर्वाचन सम्पन्न गराएकोप्रति चौतर्फी सरकारको प्रशंसा समेत भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?