रुकुमपूर्वका तीन मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरमार्फत ल्याइयो, मतगणना शुक्रबार मात्रै

लोकपथ
42
Shares
रुकुम पूर्व, २१ फागुन:गणनाका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत सदरमुकाम रुकुमकोट ल्याइएको रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका(२ पेल्माको हिमाल आवि पेल्मा मतदान केन्द्रको मतपेटिका । तस्बिरः सर्जना कार्की /रासस रुकुम पूर्व, २१ फागुन:गणनाका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत सदरमुकाम रुकुमकोट ल्याइएको रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका(२ पेल्माको हिमाल आवि पेल्मा मतदान केन्द्रको मतपेटिका । तस्बिरः सर्जना कार्की /रासस

काठमाडौं । रुकुमपूर्वका तीन वटा मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको हेलिकोप्टरमार्फत निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको छ ।

सडक सञ्जालको पहुँचमा नरहेका र हिँडेर एक दिन लाग्ने यी तीन ठाउँका मतपेटिका हेलिकोप्टरमार्फत सदरमुकाम रुकुमकोट ल्याइएको हो ।

सिस्ने गाउँपालिका–१ पाखापानी मतदान केन्द्र, पुथा उत्तरगङ्गा गाउँपालिका(२ पेल्माको हिमाल आवि पेल्मा मतदान केन्द्र र सोही वडाको हार्दिबाङ मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरमार्फत जिल्ला सदरमुकाम ल्याइएको हो ।

अन्य मतदान केन्द्रका मतपेटिकाहरु ल्याउने क्रम जारी छ । मध्यरातिसम्म सबै ठाउँको मतपेटिका सङ्कलन भइसक्ने सहायक निर्वाचन अधिकृत एवं सूचना अधिकारी ईश्वरीप्रसाद सुवेदीले जानकारी दिएका छन् ।

उनका अनुसार शुक्रबार बिहान सर्वदलीय बैठक बसेर मत गणना सुरु गरिनेछ । ५६ मतदान केन्द्र रहेको रुकुमपूर्वमा ३४ हजार ७७२ मतदाता थिए ।

सबै ठाउँमा टेलिफोन सम्पर्क नभएकाले जिल्लामा खसेको कुल खसेको मतको परिणाम भने आइनसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रुकुमपूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित ११ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?