काठमाडौं । विभिन्न १५ जिल्लाका मतपेटिका हेलिकोप्टरबाट संकलन गरिने भएको छ ।
निर्वाचन आयोगले बिहीबार पत्रकार सम्मेलन गरी देशभरका १५ जिल्लाका मतपेटिकाहरु हेलिकोप्टरबाट संकलन गरिने जनाएको छ ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ताप्लेजुङ, रसुवा, रुकुम पश्चिम लगायतका जिल्लाहरुको मतपेटिका संकलनको काम भइरहेको उनले बताए ।
उनका अनुसार देशभर सरदर ६० प्रतिशत मत खसेको छ । यद्यपि विस्तृत विवरण आएपछि त्यो बढ्न सक्ने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया