देशभर कुल ६० प्रतिशत मत खस्यो

लोकपथ
259
Shares

काठमाडौं । बिहीबार भएको निर्वाचनमा देशभर ६० प्रतिशत हाराहारीमा मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

मतदान सम्पन्नपछि पत्रकार सम्मेलन गर्दै आयोगले सो कुरा बताएको हो ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पत्रकार सम्मेलनमा भने,‘देशभर करिब ६० प्रतिशत मत खसेको प्राररिम्भक अनुमान रहेको छ । विस्तृत विवरण आउन बाँकी रहेको छ ।’

उनका अनुसार देशभरका केही मतदान केन्द्रमा बाहेक सबैतिर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको हो ।

फागुन २१ को निर्वाचनका लागि देशभर कुल १ करोड ८९ लाख भन्दा बढी मतदाता रहेका थिए ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले देशभर शान्तिपूर्ण ढंगले मतदान सम्पन्न गराउन भूमिका खेल्ने सबैप्रति आभार व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?