काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भन्दै सरकारलाई धन्यवाद व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा निर्वाचन सम्पन्न भएको भन्दै सरकारलाई धन्यवाद व्यक्त गरेका हुन् ।
जटिल राजनीतिक परिस्थितिलाई सहजतातर्फ लैजान घोषणा गरिएको प्रतिनिधिसभाको निर्वाचन सबै आशंका चिर्दै सम्पन्न भएको उनको भनाइ छ ।
प्रचण्डले नेपाल सरकार, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सहभागी राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण मतदाताप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।
उनले मतदानमार्फत जनताले देखाएको उच्च सहभागिता, संयम र संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको विश्वासले लोकतान्त्रिक प्रणालीलाई अझ सुदृढ बनाएको उल्लेख गरेका छन् ।
साथै आगामी दिनमा जनताको निर्णयलाई सम्मान गर्दै देश र जनताको हितमा सबै पक्ष मिलेर अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया