मतदान सम्पन्नपछि कांग्रेसले भन्यो– ‘आभार, सम्मान र बधाई’

लोकपथ
210
Shares

काठमाडौं । बिहीबार देशभर शान्तिपूर्ण ढंगले मतदान सम्पन्न भएकोप्रति नेपाली कांग्रेसले सरकारको प्रशंसा गरेको छ ।

मतदानको समय सकिएपछि विज्ञप्ति जारी गर्दै कांग्रेस सभापति गगनकुमार थापाले लोकतन्त्रप्रति आम नागरिकको निष्ठा र अटल प्रतिबद्धता रहेको बताए ।

‘प्रतिनिधि सभाको निर्वाचनमा देशव्यापी रूपमा मतदाताले प्रकट गरेको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको नेपाली निष्ठा र अटल प्रतिवद्धता पुनः एकपटक बलियो रूपमा अभिव्यक्त भएको छ । निर्वाचनमा सहभागी भएर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्नुहुने सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइप्रति म नेपाली कांग्रेस पार्टीका तर्फबाट उच्च सम्मान सहित कृतज्ञता व्यक्त गर्दछु,’ सभापति थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यसैगरी आम नागरिकको सक्रिय सहभागिताले लोकतान्त्रिक प्रणालीमाथि जनताको गहिरो विश्वास रहेको र राजनीतिक दल र अब बन्ने सरकारलाई जनअपेक्षा अनुसार काम गर्न समेत थप जिम्मेवार बनाएको कांग्रेसको प्रतिक्रिया रहेको छ ।

त्यसैगरी निर्वाचनलाई शान्तिपूर्ण ढंगले समापन गर्न मद्दत गर्ने सरकार, सुरक्षा निकाय, निर्वाचन आयोग लगायत राष्ट्रसेवक कर्मचारीप्रति धन्यवाद ज्ञापन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?