शंकर पोखरेलले भने –‘विकासको बाधक राजनीतिक अस्थिरता हो ’

लोकपथ
56
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको राजनीतिक स्थिरताको पूर्वानुमान गर्न गाह्रो भएको बताएका छन् । 

प्रतिनिधि सभा निर्वाचनको मतदान जारी रहेको बेला सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

पोखरेलले भने, ‘राजनीतिक स्थिरताको पूर्वानुमान गर्न गाह्रो हुन्छ। तर नेपालको राजनीतिक अस्थिरता नेपालको विकास र समृद्धिको बाधक हो भन्ने कुरा आम जनताले महसुस गर्नु जरुरी छ। हाल हाम्रो समाजमा देखापरेको पपुलिजम र अराजकता नेपालको राजनीतिक स्थायित्वको चुनौतीका रूपमा देखिन्छ ।’

‘मुलुकलाई अराजकता र विध्वंसतर्फ लैजाने प्रवृत्तिले दीर्घकालीन हितमा हुँदैन भन्ने कुरा जनताले महसुस गरिरहेका छन्। पछिल्लो समयमा नेपालकै जस्तै घटना घटेका मुलुक श्रीलंका र बंगलादेशमा भएको निर्वाचनका परिणामले पनि राष्ट्रको विध्वंसमा संलग्न हुनेहरूलाई अस्वीकार गरेको देखिन्छ। जनताले अराजकता र अस्थिरतालाई अस्वीकार गरिसकेका छन् ।, ‘उनले भने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?