नेकपा उम्मेदवार किरण साहले गरे पार्टी छोड्ने घोषणा

लोकपथ
490
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी रौतहट–२ का उम्मेदवार किरण कुमार साहले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

आज भइरहेको निर्वाचनमा बुथ कब्जा हुँदासमेत पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपाल निरिह रहेकाले पार्टी त्याग गरेको घोषणा गरेको उनले बताएका हुन् ।

बिहीबार दिउँसो सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत उनले पार्टी परित्याग गरेको घोषणा गर्दै निर्वाचनमा प्रतिनिधिको रूपमा खटिएका व्यक्तिहरूलाई पनि फिर्ता बोलाएका छन् ।

‘जेनजी आन्दोलनपछि विषम परिस्थितिमा यो निर्वाचन भइरहेको छ । तर बहुसंख्यक हिन्दु भएको क्षेत्रमा आफूले चुनाव जित्ने स्थिति हुँदाहुँदै सरकार, पार्टीका संयोजक प्रचण्ड र सहसंयोजक नेपालको निरिहताका कारण म पार्टी छोड्ने घोषण गर्छु’, उनले भने ।

धाँधली भएको स्थानमा पुन मतदान नगरेसम्म मतगणनामा सहभागी नहुने उनको अडान छ । उनी २०७९ मा त्यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवार बन्दै निर्वाचन जितेका थिए । निर्वाचन जितेपछि भने एमाले प्रवेश गरे । फेरि एमाले छोडेर निर्वाचनका बेला नेपाली कम्युनिष्ट पार्टी प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?