काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत झापा–५ मा मतदान जारी छ ।
बिहीबार बिहानैदेखि झापा ५ का मतदाताहरू लाइनमा बसेर मत खसालिरहेका छन् ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट तत्कालीन सरकार र प्रतिनिधि सभा विघटन भएसँगै अन्तरिम सरकारले निर्वाचनको मिति तोकेको थियो ।
फागुन २१ गतेका लागि तोकिएको निर्वाचन आज देशभर सम्पन्न हुँदैछ । झापा-५ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह लगायतका उम्मेदवारहरू प्रतिस्पर्धामा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया