काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा काठमाडौंमा मतदान गरेर आफू उम्मेदवार रहेको सर्लाही क्षेत्र नम्बर–४ पुगेका छन् ।
थापा हेलिकप्टरमार्फत बिहान ११ः२० बजे सर्लाही पुगेका हुन् । त्यहाँ पुगेपछि उनले विभिन्न मतदान स्थलको अवलोकन गरिरहेका छन् ।
बरहथवा नगरपालिका, हजरिया र शिव मन्दिर आसपासका मतदान केन्द्रमा पुगेर उनले मतदातासँग भेटघाट गर्दै मतसमेत मागेका छन् ।
निर्वाचनको अवस्था र मतदान प्रक्रिया बुझ्न थापा विभिन्न केन्द्रमा पुगेर निरीक्षण गरिरहेको छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया