दिउँसो १ बजेसम्म २४ प्रतिशत मत खस्यो, सबैभन्दा कम बागमती प्रदेशमा

लोकपथ
112
Shares

काठमाडौं । निर्वाचन आयोगले जारी प्रतिनिधिसभा निर्वाचनअन्तर्गत दिउँसो १ बजेसम्म देशभरका मतदानका केन्द्रमा साढे ४४ लाखभन्दा बढी मत खसिसकेको छ । 

निर्वाचन आयोगको तथ्यांकअनुसार दिउँसो १ बजेसम्म मुलुकभर ४४ लाख ५५ हजार ७ सय ९० मत खसेको छ । 

प्रतिशतका हिसाबले देशभर अहिलेसम्म २४ प्रतिशत मत खसेको पनि आयोगले जनाएको छ ।

आयोगका अनुसार सबैभन्दा बढी मत काठमाडौं उपत्यकामा ३६ र सबैभन्दा कम बागमती प्रदेशमा १८ प्रतिशत खसेको छ । 

यस्तै, कोशीमा २३, मधेसमा २०, गण्डकीमा २१, लुम्बिनीमा २६, कर्णालीमा ३१ र सुदूरपश्चिममा २५ प्रतिशत मत खसेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?