काठमाडौं । निर्वाचन आयुक्त डा.जानकीकुमारी तुलाधरले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गरेकी छन् ।
बिहीबार जारी प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि लमजुङस्थित सुन्दर बजार नगरपालिका–२ महेन्द्र माविस्थित मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।
आज प्रतिनिधि सभा सदस्यका लागि देशभरका १६५ प्रत्यक्ष र ११० वटा समानुपातिक सिटमा मतदान जारी छ ।
देशभर उल्लासमय रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । मतदान गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आयुक्त तुलाधरले निर्धक्कका साथ मतदान केन्द्रमा गएर मतदान गर्न आह्वान गरिन् । समयमै मतदान गर्न पनि उनले आग्रह गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया