आगामी पाँच वर्षमा देश सञ्चालनको मार्गचित्र बनाउँछौँ : गगन थापा

लोकपथ
14
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधिसभा निर्वाचनलाई आगामी पाँच वर्षको सरकार सञ्चालनको मार्गचित्र तय गर्ने म्यान्डेट भएको बताएका छन् ।

मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

 थापाले भने, ‘ प्रतिनिधिसभा निर्वाचनलाई आगामी पाँच वर्षको सरकार सञ्चालनको मार्गचित्र तय गर्ने म्यान्डेट हो । संविधान लिकभन्दा बाहिर गएपछि आउने लामो राजनीतिक अनिश्चितताको भय निर्वाचनले चिर्ने काम गरेको छ ।’

सभापति थापा सर्लाही निर्वाचन क्षेत्र नं ४ बाट उम्मेदवार छन् । उनले देशभर शान्तिपूर्ण मतदान भइरहेकोमा खुसी व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?