काठमाडौंमा शान्तिपूर्ण रूपमा मतदान जारी

लोकपथ
35
Shares

काठमाडौं । काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा उत्साहका साथ शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।

प्रतिनिधिसभा सदस्यको निर्वाचनका क्रममा काठमाडौंका ८१७ वटै मतदान केन्द्रमा उत्साहका साथ मतदान जारी रहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिए ।

निर्वाचनका लागि उच्चस्तरको शान्ति सुरक्षाको प्रत्याभूति गरिएकाले मतदाताहरू उत्साहपूर्वक मतदान प्रक्रियामा सहभागी भएको उनले बताए  । प्रजिअ पौडेल नेतृत्वको टोली अहिले काठमाडौंका विभिन्न मतदान स्थलको अनुगमनमा निस्केको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?