काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन् । उनले झापा क्षेत्र नम्बर १ मेचीनगर ९ कविशिरोमणी माविको मतदान केन्द्रमा बिहान मतदान गरेका हुन् ।
शर्माले सबै मतदातालाई मतदान गर्न आह्वान गर्दै भने, ‘मतदान लोकतन्त्रको सबैभन्दा सुन्दर अभ्यास हो । सबैले आफ्नो विवेक प्रयोग गरेर निर्णय गर्नुहोस् ।’
उनी नेपाली कांग्रेसका केन्द्रिय निर्वाचन परिचालन समितिका संयोजक पनि हुन् । शर्माले पार्टीको माहोल सकारात्मक रहेको बताए र निर्वाचनमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दलको रूपमा विजयी हुने अपेक्षा व्यक्त गरे ।
शर्माले देशभरि निर्वाचन अभियानको क्रममा देखिएको माहोलमा सबैले आवेग र उत्तेजना बिना मतदान गर्न आग्रह गर्दै राजनीतिक दलहरूलाई सहयोग गर्न अपील गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया