काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आम मतदाताहरूलाई अनिवार्य रूपमा आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरेकी छन् ।
उनले सामाजिक सञ्जालमार्फत जारी गरिएको सन्देशमा भनिन्, ‘आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज फागुन २१, अनिवार्य रूपमा मतदान केन्द्र पुगेर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न हार्दिक आग्रह गर्दछु ।’
प्रधानमन्त्री कार्कीले मतदाताको प्रत्येक मत हाम्रो भविष्य निर्धारणका लागि महत्त्वपूर्ण हुने उल्लेख गर्दै शान्तिपूर्ण निर्वाचनमा देखाइएको संयम र समझदारीप्रति सम्पूर्ण मतदातामा आभार व्यक्त गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया