काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले मतदान गरेका छन् ।
साम्पाङ्ले धरान उपमहानगरपालिका १८ स्थित कारमेल स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् । साम्पाङ सुनसरी-१ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।
आज पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन भइरहेको हो । प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिन्हमा ६५ वटा राजनीतिक दलले प्रतिष्पर्धा गर्दैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया