जनार्दन शर्माले गरे मतदान

लोकपथ
35
Shares

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तर्फबाट रुकुम पश्चिमका प्रतिनिधि सभा सदस्य उम्मेदवार जनार्दन शर्माले मतदान गरेका छन् ।

उनले मुसिकोट नगरपालिकाको सेरिगाउँस्थित यमुनानन्द माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका हुन् ।

मतदानपछि पूर्वमन्त्री समेत रहेका शर्माले आफ्नो जित सुनिश्चित भएको दाबी समेत गरे । शर्माले पहिलो पटक गठन भएको प्रलोपाको तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका हुन् । रुकुम पश्चिममा उनको उम्मेदवारीलाई निकै चासोका साथ हेरिएको छ ।

मतदान केन्द्रहरूमा बिहानैदेखि मतदाताहरूको बाक्लो उपस्थिति रहेको र निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?