काठमाडौं । निर्वाचन आयोगका निर्वाचन आयुक्त सगुन शमशेर जबराले मतदान गरेका छन् ।
बिहीवार बिहान काठमाडौंको टोखा नगरपालिका–४ स्थित आधारभुत स्वास्थ्य सेवा मतदान केन्द्रमा पुगेर उनले मतदान गरेका हुन् ।
मतदान गरिसकेपछि मतदानमा सहभागि हुन सबै मतदातामा उनले अपिल समेत गरे । सुरक्षा व्यवस्था चुस्त पारिएको भन्दै भयरहित ढंगले निर्वाचन प्रक्रियामा सहभागि हुन सबैमा आग्रह गरे ।
आज पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन भइरहेको हो । प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिन्हमा ६५ वटा राजनीतिक दलले प्रतिष्पर्धा गर्दैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया