काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं–३ मा मतदान गरेका छन् ।
लामिछानेले उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरस्थित मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका हुन् ।
चितवनबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका लामिछानेले मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन सबै मतदातालाई आह्वान गरे ।
निर्वाचन आयोगका अनुसार देशभर बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया