बागमती प्रदेशमा २६ अस्थायी मतदान केन्द्र

लोकपथ
0
Shares

काठमाडौं । बागमती प्रदेशका विभिन्न जिल्लामा २६ वटा अस्थायी मतदान केन्द्र तोकिएका छन् । निर्वाचन आयोगकारअनुसार सबैभन्दा धेरै अस्थायी मतदान केन्द्र काठमाडौँमा ६ वटा तोकिएका छन् । काठमाडौं जिल्लामा सात हजार ६८७ अस्थायी मतदाता कायम छन्।

काठमाडौं महानगरपालिका-११ स्थित जगन्नाथ देवालयको केन्द्रीय कारागार, कामनपा वडा नं ३० स्थित डिल्लीबजार कारागार, नागार्जुन नगरपालिका-३ को सशस्त्र प्रहरी बलको कार्यालय, भद्रकाली मन्दिर तथा जिल्ला प्रशासन कार्यालयका भवनमा अस्थायी मतदान केन्द्र तोकिएका छन् ।

आयोगका अनुसार भक्तपुरमा दुई हजार ३०४, ललितपुरमा दुई हजार ५४९, काभ्रेपलाञ्चोकमा दुई हजार ४८१, मकवानपुरमा तीन हजार ३०७, चितवनमा तीन हजार १८५, नुवाकोटमा दुई हजार ९५६ र धादिङमा दुई हजार ८१८ अस्थायी मतदाता रहेका छन् । यसै गरी रसुवामा एक हजार पाँच, सिन्धुलीमा एक हजार ७७५, रामेछापमा दुई हजार ४२२, खोलखामा दुई हजार ३११ अस्थायी मतदाता रहेका छन् ।

देशभर १४३ ओटा अस्थायी मतदान केन्द्र तोकिएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कारागार, सरकारी कार्यालय, सुरक्षा निकाय, अस्पताल तथा सार्वजनिक संस्थानमा कार्यरत मतदातालाई लक्षित गरी अस्थायी मतदान केन्द्र तोकिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?