सिन्धुली । बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका-४ हिरापानीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
आज दिउँसो काठमाडौंबाट मरिणतर्फ जाँदै गरेको बा४ख ३८९४ नम्बरको बसले सिन्धुलीबाट चियाबारीतर्फ जाँदै गरेको ज१०प ९२३ नम्बरको स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका गोलञ्जोर गाउँपालिका-२ वितिजोर निवासी ३५ वर्षीय चन्द्र श्रेष्ठलाई उपचारका लागि सिन्धुली अस्पताल ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनापछि बस चालक हरिहरपुरगढी गाउँपालिका-५ निवासी राजकुमार माझीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया