मेरो फेसबुक आफ्नै नियन्त्रणमा ल्याउन सफल भएको छु : रवि लामिछाने

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो फेसबुक पेज आफ्नै नियन्त्रणमा लिन सफल भएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पटक-पटक ह्याक गर्ने प्रयास भए पनि अन्ततः खाता फिर्ता ल्याउन सफल भएको उल्लेख गरेका हुन् ।

‘पटकपटक ह्याक गर्ने प्रयास भएतापनि अन्ततः मेरो फेसबुक पुनः आफ्नै नियन्त्रणमा ल्याउन सफल भएको छु, ’उनले लेखेका छन्, ‘चासो र चिन्ता गर्नु हुने सबैको जानकारीका लागि यो पोस्ट सार्वजनिक गर्न चाहेको छु । सबैलाई धन्यवाद ।’

फागुन १९ गते रातिदेखि लामिछानेको फेसबुक खाता अचानक गायब भएपछि समर्थक तथा शुभेच्छुकहरूमा चासो बढेको थियो । अहिले भने खाता पुनः सञ्चालनमा आएको उनले स्पष्ट पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?