मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएपछि छुटे रतन कार्की

लोकपथ
77
Shares

काठमाडौं । मौन अवधिमा पोष्ट गरेको भिडियो हटाउन लगाएर टिकटकर रतन कार्कीलाई प्रहीले घर पठाएको छ ।

मौन अवधिको समयमा भ्यूज बटुल्न चितवनका विभिन्न उम्मेदवारका भिडियो पोष्ट गरेका कार्कीलाई चितवन प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको थियो ।

चितवन प्रहरीका अनुसार मौन अवधिमा पोष्ट गरेको सबै भिडियो तथा अन्य राजनीतिक प्रचार सामग्री समाजिक सञ्जालबाट हटाउन लगाएर कार्कीलाई घर पठाइएको हो ।

कार्की यसअघि जापानमा बस्दै आएका थिए । केही दिनअघि नेपाल फर्किएका उनले चुनावी माहोलसँग सम्बन्धित भिडियोहरू टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?