निर्वाचनका लागि काठमाडौंका मतदान स्थलहरू तयार 

लोकपथ
56
Shares

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै संघीय राजधानी काठमाडौंका विभिन्न स्थानमा मतदान स्थलहरू निर्वाचनका लागि तयार भएका छन् । 

निर्वाचन आयोगको तालिकाअनुसार काठमाडौं जिल्लाका सबै निर्वाचन क्षेत्रमा आवश्यक पूर्वाधारसहितका मतदान केन्द्रहरू निर्माणको काम लगभग सकिएको छ ।

काठमाडौंका प्रमुख चोक, विद्यालय तथा सार्वजनिक स्थलहरूमा अस्थायी टहरा निर्माण, तारबार लगाउने र रङरोगन गर्ने कार्य भइरहेको छ । 

विशेषगरी अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई सहज हुने गरी मतदान केन्द्रहरूलाई अपाङ्गमैत्री बनाउन विशेष ध्यान दिइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै प्रत्येक मतदान स्थलमा सिसिटिभी क्यामेरा जडान गर्नुका साथै पर्याप्त मात्रामा सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको छ । 

संवेदनशील मानिएका मतदान केन्द्रहरूमा थप सुरक्षा बल तैनाथ गरिने प्रशासनले स्पष्ट पारेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?