खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

लोकपथ
56
Shares

काठमाडौं । नेपाली दूतावास रियादले साउदी अरेबिया तथा यमनमा रहेका नेपाली नागरिकको विवरण संकलन गर्न नाम दर्ता पोर्टल सञ्चालनमा ल्याएको जनाएको छ ।

दूतावासले एक सूचना जारी गर्दै आवश्यक विवरण उपलब्ध गराउन त्यहाँ कार्यरत तथा बसोबास गर्दै आएका नेपाली श्रमिकलाई आग्रह गरेको हो ।

दूतावासका अनुसार नेपाली नागरिकको वर्तमान अवस्था, आपत्कालीन सहयोग तथा आवश्यक कूटनीतिक पहलका लागि सूचना संकलन गर्ने उद्देश्यले पोर्टल सञ्चालनमा ल्याइएको हो । उक्त पोर्टल परराष्ट्र मन्त्रालय ले तयार पारेको जनाइएको छ ।

सो पोर्टलमार्फत साउदी अरेबिया र यमनमा रहेका नेपालीको बसोबास, रोजगार अवस्था, सम्पर्क विवरणलगायतका जानकारी संकलन गरिने दूतावासले जनाएको छ । दूतावासले समयमै विवरण अद्यावधिक गर्न सबैलाई अनुरोध गरेको छ ।

यसैबीच, विभिन्न राजनीतिक दलसम्बद्ध प्रवासी संघ–संस्थाहरूले पनि समस्यामा परेका नेपालीलाई सहयोग गर्न आ–आफ्नो तर्फबाट सम्पर्क व्यक्ति तोकेको जानकारी दिएका छन् । उनीहरूले आवश्यक परे दूतावाससँग समन्वय गरी सहयोग उपलब्ध गराउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?