‘मविरुद्ध भ्रमपूर्ण सामग्रीहरु संप्रेषण भइरहेका छन्, सामाजिक सञ्जालमा ‘रिपोर्ट’ गर्नुहोस्’

लोकपथ
168
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचनको मौन अवधिमा समेत आफू र पार्टीका उम्मेदवारविरुद्ध भ्रम फैलाइएको भन्दै आपत्ति जनाएका छन् ।

केही सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालमा भ्रमपूर्ण समाचार, भिडियोहरु सार्वजनिक भएको भन्दै सभापति थापाले आपत्ति जनाए ।

मौन अवधिमा समेत आचारसंहिताको उल्लंघन गरी भ्रम फैलाइएको भन्दै त्यसमा सचेत रहन सबैमा आग्रह गरेका हुन् ।

‘आदरणीय शुभेच्छुक तथा साथीहरू, निर्वाचन नजिकिँदै जाँदा, मौन अवधिमा समेत, म लगायत नेपाली कांग्रेसका उम्मेदवारहरूविरुद्ध भ्रामक सूचना, असत्य कथा र हेरफेर गरिएका भिडियोहरू सामाजिक सञ्जालमा सुनियोजित रूपमा फैलाइँदै छन्। यो केवल आचारसंहिताको उल्लङ्घन मात्र होइन, लोकतान्त्रिक संस्कारमाथिको आक्रमण हो। यस्ता गलत र भ्रामक सूचनाविरुद्ध तपाईंहरूको सचेत सहभागिता अत्यन्त आवश्यक छ,’ उनले भनेका छन् ।

यसैगरी भ्रमपूर्ण सामग्रीहरुको संप्रेषण गर्नेहरुमाथि सामाजिक सञ्जालमा रिपोर्ट गर्न समेत आग्रह गरेका छन् । साथै निर्वाचनका बेला फैलिनसक्ने मिथ्यापूर्ण सूचना, भ्रमपूर्ण सामग्रीहरुको तथ्यजाँच गर्न समेत आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?