काठमाडौं । रातीको समयमा सुरक्षार्थ खटिएका प्रहरीमाथि आक्रमण गर्ने समूह पक्राउ परेको छ ।
सोमबार राती प्रहरी प्रभाग लुभु ललितपुरबाट प्रहरीको क्यूआरटी –क्वीक रेस्पोन्स टिम) खटिएको थियो । सो क्रममा लतिलपुरको महालक्ष्मी नगरपालिका–७ चाँगाथली एरियामा गस्ती गर्दै जाने क्रममा प्रहरी टोलीमाथि नै केही व्यक्तिहरुले ढुंगामुढा गरेका थिए ।
प्रहरीमाथि आक्रमण गर्नेहरुमा मकवानपुरका २९ वर्षीय विकास भन्ने बुद्ध तामाङ, सल्यानका २० वर्षीय रमेश शाही, सल्यानकै २० वर्षीय शंकर शाही र रुकुमका २२ वर्षीय राजु मगर रहेका छन् । उनीहरुलाई पक्राउ गरी जिल्ला अदालत ललितपुरबाट ८ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उक्त समूहको आक्रमणमा परी घाइते भएका प्रहरीको किष्ट अस्पतालमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया